दफा ३९
निर्देशन समितिको काम, कर्तव्य र अधिकार
: निर्देशन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) अपाङ्गता सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) नेपाल सरकारबाट स्वीकृत नीतिको अधीनमा रही अपाङ्गता सम्बन्धी योजना तथा कार्यक्रम बनाई लागू गर्ने,
(ग) अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा सुविधा र अवसरको उपभोग, संरक्षण र प्रबद्र्धन गरी अपाङ्गता भएका व्यक्तिलाई बिना भेदभाव मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको पूर्ण उपयोग गर्न उपयुक्त उपाय अवलम्बन गर्ने, गराउने,
(घ) अपाङ्गता सम्बन्धी काम कारबाहीमा विभिन्न सरकारी निकाय वा गैरसरकारी संस्थाहरूबीच समन्वय गर्ने,
(ङ) अपाङ्गता सम्बन्धी प्रचलित कानूनमा आवश्यक सुधार गर्नु पर्ने भएमा नेपाल सरकारलाई सुझाव दिने,
(च) अपाङ्गता भएका व्यक्तिको सेवा सुविधाको लागि प्रयोग हुने उपकरण वा वस्तुको नविनतम प्रविधिको अनुसन्धान गराई थप सुधार तथा विकास गर्न तथा यस क्षेत्रमा त्यस्ता उपकरणको उपलब्धता र प्रयोगलाई प्रबद्र्धन गर्ने, गराउने,
(छ) अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा विभिन्न निकायको भूमिकाका बारेमा सम्बन्धित व्यक्ति तथा कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने, गराउने,
(ज) अपाङ्गता हुन सक्ने अवस्था, त्यसकोरोकथामका लागि अपनाउनु पर्ने सजगता तथा अपाङ्गता भएका व्यक्तिका अधिकारको सम्मानका लागि गर्नु पर्ने व्यवहार र सहयोगको बारेमा जनचेतना अभिबृद्धि गर्ने, गराउने,
(झ) बहिरा तथा श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि दोभाषेको सेवा उपलब्ध गराउने, नेपाली साङ्केतिक भाषाको अनुसन्धान, विकास र प्रबद्र्घन गर्ने तथा त्यसका लागि आवश्यक शब्दकोश र स्पर्श सञ्चारको विकास गर्ने, गराउने,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “दोभाषे” भन्नाले बहिरा वा सुस्तश्रवण व्यक्तिको सञ्चारमा सहजीकरण गर्ने साङ्केतिक भाषा अनुवादक, सुस्त श्रवण भएका व्यक्तिका लागि क्याप्सनर वा श्रवण दृष्टिविहीन व्यक्तिका लागि सञ्चारमा सहजीकरण गर्ने स्पर्श सञ्चार अनुवादक सम्झनु पर्छ ।
(ञ) भौतिक संरचनालाई अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त तुल्याउन आवश्यक नीति स्वीकृति गर्ने,
(ट) अस्पताल, खेल मैदान, सडक, सार्वजनिक तथा सरकारी कार्यालय, सार्वजनिक यातायातका साधन, सडक, शौचालय, बसपार्क, पार्क लगायतका सार्वजनिक स्थलमा अपाङ्गता भएका व्यक्तिको पहुँचलाई सहज तुल्याउन समयावधि निर्धारण गरी आवश्यक कार्यक्रम बनाई लागूगर्ने,
(ठ) अपाङ्गता भएका व्यक्तिहरूको हकहित, प्रबद्र्धन तथा अधिकारको संरक्षण र सेवा सुविधाका लागि काम गर्ने संस्थाको कार्यमा सहयोग गर्ने तथा त्यस्ता संस्थासँग सहकार्य गर्ने,
(ड) अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित विभिन्न कार्यक्रमको अनुगमन, सुपरीवेक्षण र मूल्याङ्कन गर्ने,
(ढ) अपाङ्गता सम्बन्धमा अध्ययन, अनुसन्धान, सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने, गराउने,
(ण) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न सम्बन्धित निकायका कार्यक्रममा उपयुक्त व्यवस्था समावेश गर्न लगाउने,
(त) अपाङ्गता भएका व्यक्तिको हक, हित वा अधिकार विपरीत कुनै काम कारबाही कसैद्वारा भए गरेको पाइएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने,
(थ) अपाङ्गताका सम्बन्धमा नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गर्न उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने, गराउने,
(द) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।